फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ « Khabarhub

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने एएफसी ओमन्स क्लब च्याम्पिएन्स २०२५-२०२६ मा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका फुटबल खेलाडी, प्रशिक्षक र अधिकारीहरूलाई बिदाइ गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हलचोकमा एक समारोहबीच सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले एसियन फुटबल कन्फेरेडेसनको आयोजनामा यही भदौ ९ देखि १५ गते (अगस्ट २५ देखि ३१) सम्म हुने उक्त खेलमा सहभागी हुने खेलाडीसहितका प्रतिनिधिहरूलाई बिदाइ गरेका हुन् ।

महानिरीक्षक अर्यालले जितको भावनाका साथ खेल खेल्न अनुरोध गरे। उनले खेल सङ्गठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकाले खेलाडीले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने भनाइ राखे । 

त्यस अवसरमा महानिरीक्षक अर्यालले अग्नि इनकर्पोरेट प्रालिका प्रबन्धक निर्देशक अर्जुनप्रसाद शर्मालाई आइजी एपीएफ कमेण्डेसनबाट सम्मान गरे । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले खेलाडीहरूले जितको शुभकामना दिए । 

त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौँका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनालगायतको उपस्थिति थियो ।
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ५१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले