पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान « Khabarhub

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा करिब २० प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ ।

मधेस प्रदेशमा भएको सुक्खाग्रस्त खडेरी र ढिलो गरी भएको वर्षात् र छिपिएको रोपो लगाएको कारणले गत आर्थिक वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० देखि २० प्रतिशतसम्म गिरावट आउने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाले यो वर्ष पर्सामा सुक्खाग्रस्त सङ्कटको कारणले ढिलागरी मात्रै धान रोपाइँ भएकाले उत्पादनमा प्रत्यक्ष असर पार्ने बताए ।

“एकातर्फ लामो समयदेखिको खडेरीले खेतमा पानीको अभाव देखियो । अर्कोतर्फ ढिलो गरी धान रोपाइँ हुँदा छिपिएको रोपोको कारणले उत्पादकत्वमा ह्रास आउने देखिन्छ”, उनले भने, “धान खेतीमा अविछिन्न पानी जम्नुपर्ने खेत धाँजा फाटेकाले धान बालीमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण देखापर्ने उच्च सम्भावना रहेको छ । त्यसले उत्पादकत्वमा केही न केही असर पार्नेछ ।”

कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा ३७ हजार सात सय ३१ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिलेसम्म ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । गत वर्ष यहाँ दुई लाख ३३ हजार मेट्रिकटन धान फलेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ८ : ३३ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित