माओवादी पदाधिकारी बैठक बस्दै : के होला नेतृत्व परिवर्तनको माग ? « Khabarhub

माओवादी पदाधिकारी बैठक बस्दै : के होला नेतृत्व परिवर्तनको माग ?


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार बस्दैछ । जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाइको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

जेनजी आन्दोलनसँगै माओवादीमा नेतृत्व परिवर्तनको माग चर्किएको छ । माओवादी उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको आवाज चर्को रुपमा उठाए पनि प्रचण्डले भने नेतृत्व छोड्ने कुनै तयारी गरेका छैनन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)मा जस्तै माओवादीमा पनि नेतृत्व परिवर्तनको आवाज उठेको हो । जेनजी अगुवाले पुराना नेताप्रति चर्को आक्रोश व्यक्त गरेका छन् । तर पुराना नेताले कुनै पनि पार्टी नेतृत्व छोड्ने आशय व्यक्त गरेका छैनन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : ०७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको