‘जेन-जी विद्रोहको पहिलो कारण कांग्रेस–एमालेको कुशासन, दोश्रो भूराजनीति’ « Khabarhub

‘जेन-जी विद्रोहको पहिलो कारण कांग्रेस–एमालेको कुशासन, दोश्रो भूराजनीति’


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गत वर्ष असारमा विघटित प्रतिनिधिसभाका पहिलो र दोश्रो ठूलो दल कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि जेन–जी आन्दोलनको पृष्ठभूमि बनेको बताएका छन् ।

दुई ठूला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई कम तथा बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेन–जी विद्रोहमार्फत् विस्फोट भएको उनले बताए ।

प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरूले पटकपटक बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदा बेवास्ता गर्दाको खराब परिणाम कांग्रेस–एमालेले मात्र नभई सिंगो मुलुकको भोग्नुपरेको उनले बताए ।

मुलुकको धरोहरका रुपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कुशासनका मतियारले लिनुपर्ने तर्क गरे ।

जेन–जी आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक कारण भएको चर्चा गर्दै उनले सहायक कारणका रुपमा भू–राजनीति पनि रहेको उल्लेख गरे ।

‘भ्रष्टाचार, अनियमितता, कूशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा हामीले संसदभित्र र बाहिरबाट एक वर्षसम्म पटकपटक सरकारको ध्यानाकर्षण गरायौं, दबाब दियौँ’, पार्टी सम्बद्ध जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने, ‘तर, सत्तामा बसेका कांग्रेस र एमालेले सुनेनन् । दुई तिहाईको शक्ति पुरै स्वार्थ समूहको सेवामा समर्पित भयो । हामीले निकट विगतका बंगलादेश, श्रीलंकाजस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौँ । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेन–जी आन्दोलनको रुपमा प्रकट भयो ।’

जेन–जी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको र उनीहरुले नै माओवादी र अरु दल उस्तै भन्ने स्पापित गराउने कोसिस गरिरहेको भन्दै आपत्ति जनाए ।

पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे ।

अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू–राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए ।

फरक प्रसंगमा पुनले जेन–जी आन्दोलनले पार्टीहरुका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरुमा आमुल रुपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको औँल्याए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ०७ बजे

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा