पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर « Khabarhub

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र परेका यात्रुलाई स्थानीय प्रशासनले नि:शुल्क खाना र खाजा वितवरण गरेको छ।

अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा शनिबार निःशुल्क खाना र खाजा वितरण गरिएको हो । जिल्ला सुरक्षा समिति र स्थानीय व्यवसायीले पनि पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा रोकिएका यात्रुलाई खाजा र पानी वितरण गरिएको छ ।

जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाइएको थियो ।

जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए । उता प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितले पहिरोस्थलमै पुगेर यात्रुलाई खाना र खाजा बाँडेका छन्।

पहिरोका कारण सडक अवरुद्ध बनेपछि हजारौँ यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

मुग्लिन र नारायणढ दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाइरहेको उनले बताएका छन् ।

माथिबाट पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।

पहिरो नखसे आइतबार दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने खनालले बताए । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छ ।

पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : ०५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा