भारतीय राजदूत निरन्तर सक्रिय, भेटे ऊर्जामन्त्री घिसिङलाई « Khabarhub

भारतीय राजदूत निरन्तर सक्रिय, भेटे ऊर्जामन्त्री घिसिङलाई


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा दुई जनाबीच भेटवार्ता भएको हो । जेन-जी प्रदर्शनको बलमा गठित अन्तरिम सरकारको शक्तिशाली मन्त्री घिसिङलाई भेट्न राजदुत श्रीवास्तव आइबार बिहानै सिंहदरबार पुगेका थिए ।

भेटका क्रममा भारतीय राजदूतले घिसिङलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उनले नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री घिसिङले नेपालको विकासमा भारतले पुर्‍याउँदै आएको सहयोग स्मरण गर्दै अब पनि कायमै रहने बताएका थिए ।

जेन-जीको आन्दोलनपछि नेपालमा आएको राजनीतिक परिवर्तनयता नेपालमा सबैभन्दा सक्रिया भारतले देखाइरहेको छ। भारतीय राजदूत श्रीवास्तव निरन्तर भेटघाटमा लागेका छन् । यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका थिए । कार्कीको शपथमा समेत उनी शीतल निवास पुगेका थिए

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : ४० बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको