ऊर्जामन्त्री घिसिङको वाचा : निराशा हटाउँछौँ, सुशासनका लागि कसैसँग सम्झौता हुँदैन « Khabarhub

ऊर्जामन्त्री घिसिङको वाचा : निराशा हटाउँछौँ, सुशासनका लागि कसैसँग सम्झौता हुँदैन


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा मन्त्री घिसिङले मुलुकमा परिवर्तनका लागि ठूलो आन्दोलन भएकाले अब सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताए ।

उनले देशमा देखिएको निराशालाई निर्मूल पार्न सबै लाग्नुपर्ने उल्लेख गरे । सबै मन्त्रालय र सचिवहरूलाई कुनै पनि कुरामा तलमाथि नगर्न र सरकारको निर्देशन कार्यान्वयन गर्न भनिएको उनले बताए ।

मन्त्री घिसिङले जिम्मा लिएर समयमा आयोजना पूरा नगर्ने निर्माण कम्पनीहरूसँग सम्झौता तोड्ने स्पष्ट पारेका छन् ।

छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेन-जी पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको परिस्थितिबारे कुराकानी भएको बताए ।

उनले रुग्न योजना खारेज गर्दा त्यसबाट पर्ने असर पहिचान गर्न सुझाव दिइएको जानकारी दिए । त्यस्तै भ्रष्टाचार व्याप्त हुने क्षेत्र उपभोक्ता समिति भएकाले त्यसलाई खारेज गर्न समेत सुझाव दिएको उनले बताए ।

निर्माण उद्योग लगायत मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन देखिएका समस्या वर्तमान सरकारले अन्त्य गर्ने विश्वास जनाए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : ५५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको