थानकोट प्रहरीको क्षतिग्रस्त भवन बनाउन पाँच लाख दिने दीपकको वचन « Khabarhub

थानकोट प्रहरीको क्षतिग्रस्त भवन बनाउन पाँच लाख दिने दीपकको वचन


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरीले प्रहरी वृत थानकोटको भवन पुन:र्निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जेन–जी आन्दोलनकारीले जलाएको प्रहरी भवन पुन:र्निर्माणका लागि उनले उक्त रकम सहयोग गर्ने वचन दिएको त्यहाँकी डीएसपी एलिजा गिरीले खबरहबलाई बताइन् ।

उनले भनिन्, ‘उहाँ (दीपकराज) आएर सहयोग गर्ने बचन दिनुभएको छ । उहाँबाट पैसा भने प्राप्त भएको छैन ।’

उनका अनुसार दीपकराजले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको भवन पूनर्निर्माणको काम जारी छ ।

दीपकराजले दिए प्रक्रिया पुर्‍याएर ग्रहण गर्ने आफूहरु तयार रहेको डीएसपी गिरीको भनाइ छ । उनी भन्छिन्, ‘उहाँले प्रतिबद्धता जनाएपछि पक्कै पूरा गर्नुहुन्छ होला । त्यसपछि हामी बाँकी प्रक्रिया सुरु गर्छौं ।’

दीपकराज शनिबार थानकोट पुगेर सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका हुन् । दीपकको पुर्ख्यौली घर थानकोट नै हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : १६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको