पाँच बुँदे प्रस्तावसहित ज्ञानेन्द्र शाहीले भने- केवल कुर्सी फेरिँदैमा जनताको जीवनस्तर सुध्रिँदैन « Khabarhub

पाँच बुँदे प्रस्तावसहित ज्ञानेन्द्र शाहीले भने- केवल कुर्सी फेरिँदैमा जनताको जीवनस्तर सुध्रिँदैन


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

​काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्रै परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धारा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

​नेता शाहीले यी बुँदाहरूमा सुधार नभएसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहने बताएका छन्। उनले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन पनि आह्वान गरेका छन् ।

​शाहीले अगाडि सारेका मुख्य बुँदा :

​प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री : हालको संसदीय व्यवस्थाले अस्थिरता निम्त्याएको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।

​प्रदेश खारेजी : अनावश्यक खर्च र प्रशासनिक बोझ बढाएको भन्दै प्रदेश संरचना खारेज गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

​संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द : संवैधानिक निकायहरूमा राजनीतिक हस्तक्षेप बन्द गरी योग्य र निष्पक्ष व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्ने कुरा उनले राखेका छन् ।

​भ्रष्टाचारीलाई कडा कारबाही : भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचारीलाई सर्वस्व हरणसहित आजीवन कारावासको सजाय दिनुपर्ने माग उनले गरेका छन् ।

​राष्ट्रिय एकता कायम : देशको भौगोलिक र सामाजिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकता कायम राख्नका लागि नयाँ नीतिहरू ल्याउनुपर्नेमा उनको मत छ ।

​यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्रै हुने उनको तर्क छ। त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीले बताएका छन् । उनले युवाहरूलाई यो एजेन्डालाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  २ : २४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको