नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या « Khabarhub

नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा सहकारी ठगीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले पत्नीको हत्या गरेका हुन् ।

काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडाध्यक्ष जयराम केसीले बताएका छन् ।

सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खुमा जेल सजाय काटिरहेका थिए । उनी जेन-जी आन्दोलनका क्रममा अन्य ७ सय कैदीसहित नख्खु कारागारबाट भागेका थिए ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले घटनास्थलमा प्रहरी पुगेकाले केहीबेरमा थप जानकारी आउने बताएका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ०३ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक