मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो « Khabarhub

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल कागबेनीधाममा यसवर्ष तीर्थालुको आगमन घटेको छ । दसैँपर्व अघि सोह्रश्राद्ध सुरु भएसँगै भक्तजनको आगमन बढ्ने गरेकामा देशमा उत्पन्न विषम परिस्थितिका कारण धार्मिक तीर्थालुको सङ्ख्या घटेको हो ।

दामोदरकुण्डबाट बग्ने काली नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको उद्धार गर्न तथा पितृलाई खुसी राख्न यहाँ धार्मिक तीर्थालुहरू आउने गर्दछन् । तीर्थालुले पिण्डदान, सिदादान, तर्पण दिएर श्राद्ध गर्ने प्रचलन छ । 

कालीगण्डकी नदीको दोभान कागबेनी तटमा स्नान गरी पूजारीबाट धार्मिक पूजापाठ गरी पितृको नाममा श्राद्ध गर्ने प्रचलन रहेको छ । यहाँ आएर श्राद्ध गर्नाले पितृ खुसी हुन्छन् भन्ने हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।

गत वर्षको ‍औँसी तिथिमा एकैदिन २० हजार बढी तीर्थालुले कागबेनीमा श्राद्ध गरेका थिए । यसवर्ष त्यो सङ्ख्या ८० प्रतिशतले घटेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार औँसी तिथिको अघिल्लो दिन शनिबार म्याग्दी हुँदै सडकमार्गबाट चार हजार एघार जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका छन् । योसङ्ख्या गतवर्षको बडादशैँअघिको औँसीको भन्दा ८० प्रतिशतले कम रहेको प्रहरी निरीक्षक विशाल खत्रीले जानकारी दिए ।

प्रहरी निरीक्षक खत्रीका अनुसार औँसीको अघिल्लो दिन तीन हजार ८९९ जना स्वदेशी र एक सय १२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । यहाँ औँसीको अघिल्लो दिन पाँच सय ७२ वटा सवारीसाधन मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक खत्रीले उल्लेख गरे  ।

यसवर्षको बडादसैँ अघिको प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध)को अन्तिम दिनसम्म मुस्ताङमा सडकमार्ग हुँदै कूल नौ हजार ५२ जना धार्मिक तीर्थालु भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यसैगरी यसअवधिमा सार्क राष्ट्रबाट दुई हजार २१६ जना विदेशी यहाँ आएका प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । उनका अनुसार स्रोहश्राद्ध अवधिमा दुई हजार ६३६ वटा सवारीसाधन भित्रिएका थिए ।

गतवर्ष सोह्रश्राद्धको १६औँं दिनसम्ममा पचासौँ हजार धार्मिक तीर्थालुले मुस्ताङको कागबेनीमा आएर पितृको श्राद्ध गरेका थिए । विगतका वर्षको तुलनामा यसवर्ष कागबेनीमा औँसी नुहाउन एकदमै कम तीर्थालु आएका कागबेनीमा पूजारी ईश्वर रेग्मीले बताए । देशमा उत्पन्न परिस्थितिका कारण कागबेनीमा भक्तजनको आगमनसँगै रौनक घटेको उनको भनाइ छ । 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ४६ बजे

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन