पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार « Khabarhub

पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार रहेका छन् । 

गत भदौ २४ गते रातको समयमा बाल सुधार गृह तोडफोड गरेर भागेका उनीहरू अझैसम्म पनि पक्राउ परेका छैनन् । पर्साको बाल सुधार गृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बाल सुधारगृहबाट भागेकामध्ये ५० जना किशोर अझैसम्म पनि फरार रहेको जानकारी दिए ।

‘भदौ २४ गते राति बाल सुधारगृहबाट भागेकामध्ये ५० जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्’, उनले भने, ‘उनीहरूको अभिभावकसँग कुराकानी भएर खोजी तीव्र पारिरहेका छौँ ।’

बाल सुधार गृह तोडफोड गरेर भाग्ने बेला सुधारगृहमा कूल १४२ जना रहेका थिए । तीमध्ये अहिले सुधारगृहमा ९० जना र भागेकामध्ये दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय एक जना बालबिज्याइँ गरेर थप भएका छन् । 

‘भदौ २४ को घटनापछि फरार रहेका १७ जनालाई पक्राउ गरिसकेका छौँ । अन्य पनि छिट्टै आउने विश्वास लिएका छौँ’, उनले भने ।
 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया