मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु « Khabarhub

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय हिसाबले दुर्गम मानिने क्षेत्रमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गरेको हो ।

टेलिकमका अनुसार यसअघि पिसाङ, डावल, टंकी मनाङ र खाङसार क्षेत्रमा भी–साट प्रविधिबाट टूजी सेवा मात्र सञ्चालन हुँदै आएको थियो । तर, ती स्थानहरू पर्यटकका दृष्टिले पनि महत्त्वपूर्ण भएकाले असोज ४ गतेदेखि फोरजी सेवा सुरु गरिएको हो । बेंसीसहर–खाङसार एडीएसएस लिंक सञ्चालन भएपछि फोरजी सेवा सम्भव भएको टेलिकमले जनाएको छ ।

यस्तै, चामे गाउँपालिका–३ को कोटोगाउँमा नेटवर्क कमजोर भएको गुनासो आएपछि असोज १ गतेदेखि नयाँ बीटीएसमार्फत टूजी र फोरजी सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । नासोङ गाउँपालिका–१ तालगाउँमा पनि असोज ५ गतेदेखि फोरजी सेवा थप गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : २७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको