केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव « Khabarhub

केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति विघटन गरी महाधिवशेन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिको ‘एजेण्डा’का रुपमा प्रस्तुत गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“महाधिवशेनमा जाने कुरा भइरहेको थियो, बदलिँदो परिस्थितिमा आधिकारिक मञ्चबाट संस्थागत धारणा बनाउनुपर्ने आवश्यकता भयो । पार्टी जीवनको सबैभन्दा सर्वोच्च संस्था महाधिवशेन हो”, प्रवक्ता सापकोटाले भने, “महाधिवेशनमा जानका लागि मौजुदा केन्द्रीय समिति विघटन गरेर अध्यक्षको संयोजकत्वमा महाधिवशेन आयोजक समिति बनाउने प्रचलन छ ।”

विशेष महाधिवशेनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादीले यही असोज ८ गते स्थायी समिति बैठक बोलाएको छ । सो बैठकमा पदाधिकारी बैठकको निर्णयबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठक यही असोज ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकको प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । जेनजी प्रदर्शनपछि राजनीतिक दलमा पुस्तान्तरणका लागि दबाब बढिरहेको छ ।

“नेतृत्वको हस्तान्तरण सम्बन्धमा विचार, विधि र प्रक्रियाका बारेमा प्रारम्भिक छलफल भयो”, उपाध्यक्ष सापकोटाले भने, “आगामी कार्यक्रमका बारेमा पनि विस्तृत छलफल भएको छ । सोसम्बन्धी प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरिएको छ ।”

बैठकमा अध्यक्ष दाहालले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै पार्टी नयाँ स्वरुपबाट अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्षको प्रस्तावमाथि सबै पदाधिकारीले धारणा व्यक्त गरेका थिए ।

बैठकले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने निर्णय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । माओवादीले देशभक्त लोकतान्त्रिक र अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

“देश नयाँ परिस्थितिबाट अघि बढ्दै छ, परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष छ”, सापकोटाले भने । माओवादीले जेनजी पुस्ताले उठाएका माग जायज भए पनि त्यसभित्र घुसेर निर्माण गरिएको विशेष परिस्थितिमा अग्रगमन पक्षधर शक्तिको एकताबद्ध प्रयास आवश्यक भएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ३८ बजे

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा