कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता « Khabarhub

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् ।

कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा रहेका ४७८ कैदीबन्दीमध्ये ४५७ जना भागेका थिए । हालसम्म ३२२ जना फिर्ता आएका र १३५ जना अझै फरार रहेका छन् ।

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये नौ जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ । बाँकी १७ जना अझै फरार छन् । अभद्र व्यवहारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक भने कारागारमुक्त भएको प्रशासक जोशीले बताए ।

यसैगरी पाँच जना कैदीबन्दीले कैद अवधि पूरा गरी कारागारमुक्त भएका छन् । कारागारबाट बाहिरिएका तीन जना कैदीबन्दी सम्पर्कमा रहेको र भोलि बिहानसम्म फिर्ता आउने आश्वासन दिएको प्रशासक जोशीले जानकारी दिए ।

कारागारमा रहेका २१ जना कैदीबन्दी भने आन्दोलनका बेला पनि नभागी त्यही रहेका थिए । भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरीले ‘सर्च एण्ड अरेष्ट अपरेसन’ सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : ३३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको