‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव « Khabarhub

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन गर्न सुझाव दिएका छन् ।

आज शल्यक्रिया एन वानले यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले युवाले उठाएका माग जायज भएको उल्लेख गर्दै सरकारले प्राथमिकताका साथ माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘जेनजी’ युवाहरुले गरेको आन्दोलन भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै सोहीअनुसार सरकारले काम कारबाही अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “जेनजीले गरेको आन्दोलन मुलुकको विकास गर्न र भ्रष्टाचारविरुद्धका लागि थियो । यी माग सम्बोधन गर्न ढिलाई गर्नु हुन्न ।”

डा भोला रिजालले ‘जेनजी’ले गरेको आन्दोलन देशका लागि निकै अपरिहार्य रहेको धारणा राखे। “देशले युवाशक्तिलाई गम्भीरतापूर्वक लिन नसके पुनः २०४६ वा २०६२/०६३ जस्तो अवस्था सृजना हुनसक्छ । युवाहरुले उठाएका मुद्दामा गम्भीर आत्मसमीक्षा आवश्यक छ,” उनले भने।

जेनजी प्रतिनिधि श्रीया श्रेष्ठले शक्तिशाली भ्रष्टाचार नियन्त्रण आयोग, निर्णय प्रक्रियामा युवाको अनिवार्य सहभागिता, शिक्षा र रोजगारीको सुनिश्चितता, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति आफूहरुको माग रहेको बताए ।

त्यस अवसरमा नेपाली सेनाका पूर्वसहायकरथी सुरेश बानियाँ, व्यवसायी शम्भु बम, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, डा निकोलस भुसाल, डा सुन्दरसिंह बोहरा, नेपाली सेनाका पूर्वकर्णेल सांग्य खड्का, वरिठ अधिवक्ता डा नारायण घिमिरेलगायतले ‘जेनजी’ युवाहरुले गरेको आन्दोलनका क्रममा भौतिक संरचना तथा व्यापारिक क्षेत्रमा क्षति भएको प्रति दुःख व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध युवाले गरेको आन्दोलनले उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : ३० बजे

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७

धर्म र पर्यटनलाई जोड्दै हेटौँडाको वनस्खण्डी मन्दिर

बागमती– हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा