बलिउडका वरिष्ठ हास्य कलाकार गोवर्धन असरानीको निधन « Khabarhub

बलिउडका वरिष्ठ हास्य कलाकार गोवर्धन असरानीको निधन


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता तथा हास्य कलाकार गोवर्धन असरानीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ।

लामो समयदेखि स्वास्थ्य समस्यामा रहेका असरानीको जुहुस्थित आरोग्य निधि अस्पतालमा दिउँसो सोमबार ३ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।

असरानीका म्यानेजर बाबुभाई थिबाले एएनआईसँग कुरा गर्दै भने, ‘अस्रानीजीको आज दिउँसो आरोग्य निधि अस्पतालमा निधन भएको हो। उनी आफ्नी श्रीमती, बहिनी र भतिजाद्वारा बाँचिरहेका छन्।’ निधनको खबरसँगै बलिउडमा शोकको लहर फैलिएको छ।

विशेष कुरा के छ भने, असरानीले निधन हुनु अघि करिब २ बजे आफ्नो इन्स्टाग्राम स्टोरीमा दीपावलीको शुभकामना सन्देश शेयर गरेका थिए। केही घण्टामै उनको निधनको खबर आउँदा फ्यानहरू स्तब्ध बने। उक्त पोस्ट सम्भवतः उनको परिवार वा टिमका सदस्यहरूले राखेको अनुमान गरिन्छ। 

५ दशकभन्दा लामो अभिनय यात्रामा असरानीले भारतीय सिनेमामा एक अमिट छाप छोडे। उत्कृष्ट हास्य समयबोध, भावनात्मक अभिनय र सशक्त संवाद प्रस्तुतिका कारण उनी हिन्दी फिल्म उद्योगका सबैभन्दा प्रिय कलाकारमध्ये एक बने। उनले ३५० भन्दा बढी फिल्महरूमा अभिनय गरेका छन्।

सन् १९६० को दशकमा अभिनय यात्रा सुरु गरेका असरानी १९७० को दशकमा सहायक र चरित्र अभिनेताका रूपमा बलिउडमा स्थापित भए। उनले मेरे अपने, कोशिश, बावर्ची, परिचय, अभिमान, चुपके चुपके, छोटी सी बात र रफू चक्कर जस्ता चर्चित फिल्महरूमा स्मरणीय अभिनय गरे। पछिल्ला वर्षहरूमा पनि उनले भूलभुलैया, धमाल, बन्टी और बबली २, आर।।। राजकुमार, ऑल द बेस्ट, र वेलकम जस्ता सफल कमेडी फिल्महरूमा आफ्नो उपस्थिती जनाए।
सन् १९७५ को ऐतिहासिक फिल्म ‘शोले’मा जेलरको भूमिकामा असरानीको हास्य अभिनय आज पनि दर्शकको मनमा अमिट छ। ‘हम अंग्रेजों के ज़माने के जेलर हैं’ भन्ने उनको संवाद भारतीय पप–संस्कृतिको प्रतीक बनिसकेको छ।

असरानीले अभिनयसँगै लेखन र निर्देशनमा पनि आफ्नो प्रतिभा देखाएका थिए। सन् १९७७ मा उनले चला मुरारी हीरो बन्ने फिल्म लेखे, निर्देशन गरे र मुख्य भूमिकामा अभिनय पनि गरे, जसले राम्रो प्रशंसा पायो। त्यसपछि उनले सलाम मेमसाब ९१९७९० निर्देशन गरे र गुजराती सिनेमामा पनि उल्लेखनीय सफलता हासिल गरे।

८४ वर्षको उमेरमा असरानी संसारबाट बिदा भए पनि उनका अभिनय, संवाद र हास्य समयबोध भारतीय सिनेमाको सुनौलो इतिहासमा सधैं अमर रहनेछन्।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १२ : २६ बजे

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक