इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण « Khabarhub

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

बेरुत- इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था एनएनएले जनाएको छ ।

प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले स्थानीयवासीहरूमा त्रासको वातावरण सिर्जना गरेको थियो ।

इजरायली सेनाले दक्षिण लेबनानमा रहेको हिज्बुल्लाहको ’आतङ्कवादी संरचना’ लक्षित गरी हमला गरिएको दाबी गरेको छ । सेनाका अनुसार हिज्बुल्लाह फेरि सक्रिय हुन खोज्दैछ, जुन इजरायल–लेबनानबीच भएको समझदारीको खुला उल्लङ्घन हो ।

गत वर्ष नभेम्बर २७ गतेदेखि दुवै पक्षबीच युद्धविराम लागू भए पनि इजरायलले समय–समयमा लेबनानी भूभागमा आक्रमण गर्दै आएको छ । साथै, फेब्रुअरी १८ गतेभित्र फौज हटाउने सर्त भएको भए पनि इजरायली सेना अझै पाँच वटा सीमावर्ती स्थानमा तैनाथ रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  २ : ४२ बजे

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता