माओवादी चुनावमा जान्छ, कांग्रेस-एमाले पनि सहभागी हुनुपर्छ : वर्षमान पुन « Khabarhub

माओवादी चुनावमा जान्छ, कांग्रेस-एमाले पनि सहभागी हुनुपर्छ : वर्षमान पुन


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन् ।

तिहार, नेपाल सम्बत र छठ लगायत वर्षका अवसरमा मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे । ‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौं, अरू दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं ।’

केही दिनअघि आफू र नेता वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए ।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । नारायणकाजी कमरेड र म गएका थियौं । हामीले भन्यौँ चुनावको पक्षमा छौं । हामी चुनावको वातावरण बनाउछौं’, उनले भने, ‘तर अरुका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौं । आज पनि सात पार्टीलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ । हामी जान्छौँ । हामी यही कुरा भन्छौँ ।’

पुनले भदौ २३ गतेको जेनजी आन्दोलन सही भएको बताए । तर भदौ २४ गतेको विध्वंश जेन-जीले नभई घुसपैठिया समूहले गराएको बताए । २३ र २४ गतेका दुवै अपराधमा संलग्माथि कारबाही गर्न पुनले सरकारसँग माग गरे ।

विघटित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुईतिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेन-जी आन्दोनलमार्फत विष्फोट भएको पुनले बताए ।

ओलीको स्वेच्छाचारिता, निरंकुशता र भ्रष्ट चरित्रविरुद्ध नयाँ पुस्ताको अगुवाइमा जनता सडकमा आएको पुनले बताए । प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरुले पटकपटक कार्यशैली सुधार्न र जनताको भावना बुझ्न आग्रह गरे पनि सरकारले नसुन्दा विस्फोटको अवस्था आएको उनले उल्लेख गरे ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको त्यही आक्रोश समयमै बुझेर लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्नै आउँछन् भनेको स्मरण पुनले गरे ।
तर, उक्त भनाइलाई आधार बनाएर अहिले केही शक्तिले सिंहदरबार जलाउन माओवादी संलग्न रहेको भन्दै आरोपित गर्न खोजेको बताए ।

प्रचण्डले सिंहदरबार जलाउन नभई सरकारलाई जनतामा बढ्दै गएको असन्तुष्टिलाई सांकेतिक रुपमा व्यक्त गरेको व्याख्या पुनले गरे । माओवादी र अरु पार्टी एकै हुन् भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइराखेको भन्दै उनले सुशासनको मामिलामा अरु र माओवादी फरक भएको दाबी गरे ।

संयोजक प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेको काम त्यसको उदाहरण भएको तर्क पुनको छ ।

पुनले विगतमा चर्चामा रहेका सबै भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने भन्दै त्यसमा सघाउन आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए । आफूहरुले सरकारमा बसेर पार्टी नेता कार्यकर्ता, समर्थक र मतदाताको शिर निहुराउने काम नगरेको पुनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ०३ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी