‘जेरी अन टप’लाई दर्शकको साथ | Khabarhub Khabarhub

‘जेरी अन टप’लाई दर्शकको साथ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारलाई लक्षित गर्दै गत  असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ। चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’का अनुसार उक्त  चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजारको व्यापार गरेको छ ।

उक्त चलचित्रका अभिनेता अनमोल केसीले ‘जेरी अन टप’ले प्रदर्शनको पहिलो दिन असोज ३१ गते रु ७२ लाख ५९ हजार, दोस्रो दिन रु ८६ लाख ३८ हजार तथा तेस्रो दिन ६३ लाख ८४ हजारको व्यापार भएको जानकारी दिए ।

प्रदर्शन भएदेखि नै चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका अभिनेता केसीले झन्डै डेढ वर्ष समय दिएर तयार गरेको सो चलचित्रले दर्शकको अपेक्षा पूरा गर्दा मेहनतको फल पाएको आभाष भएको प्रतिक्रिया दिए ।

“मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन । हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको महसुस गरेको छु । चलचित्रले सगरमाथाको कथासँग जोडेर त्रिकोणात्मक प्रेम देखाएको छ । हामी दर्शकप्रति आभारी छौँ”, अभिनेता केसीले भने।

तीन दिनमा ६० हजारभन्दा बढी दर्शकले उक्त चलचित्र अवलोकन गरेका थिए । उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गर्नुभएको छ । सरोज न्यौपाने प्रस्तुतकर्ता रहनुभएको चलचित्र ‘जेरी अन टप’को निर्देशन सुयोग गुरूङले गरेका हुन् ।

निर्देशक हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलीप रेग्मीले छायांकन गरेको उक्त चलचित्र प्रदर्शनका लागि रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको हो ।
 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : १३ बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च