प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी « Khabarhub

प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते अन्तरिम सरकार बनेयता पहिलो पटक राजनीतिक दलहरूसँग संवाद गर्दैछिन् ।

राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने छलफलमा उनले दुईजना पर्यवेक्षक पनि राखेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गते हुने भनिएको चुनावबारेको उक्त छलफलमा राजनीतिक दलहरूसँगै २ जना पर्यवेक्षक पनि सहभागी भएका हुन् ।

पर्यवेक्षकका रुपमा प्रधानमन्त्री कार्कीले केदारभक्त माथेमा र विद्याधर मल्लिक दलहरूसँगको छलफलमा सहभागी गराएकी हुन्।

कार्कीले राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी भएका छन् ।

उता नेपाली कांग्रेसले प्रधानमन्त्री कार्कीले बोलाएको सात राजनीतिक दलका नेतासँगको छलफलमा निर्वाचनका लागि सुरक्षाको प्रत्याभुतिबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिनिधिसभाको निर्वाचन गराउन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण नरहेकाले निर्वाचनमा जाने सुरक्षा प्रत्याभूतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेस नेता श्याम घिमिरेले बताए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको हतियार लुटपाट, आगजनी, तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्ने र फरार कैदीलाई नियन्त्रणमा लिन नसक्ने अवस्थामा निर्वाचन गराउने सकारको मानसिकता नरहेको उनले बताएका छन् ।

बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।

त्यस्तै बैठकमा नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र महामनन्त्र गगनकुमार थापा सहभागी हुँदैछन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको छलफलमा कार्यवाह उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा गएका थिए ।

उता नेकपा (माओवादी केन्द्र)का तर्फबाट सचिवालय सदस्य वर्षमान पुन र पम्फा भुसाल सहभागी हुँदैछन् । राष्ट्रपतिको बैठकमा नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र पूर्वसांसद सोविता गौतम सहभागी हुँदैछन् । राष्ट्रपतिले राखेको बैठकमा कार्यवाहक सभापति डीपी अर्याल सहभागी भएका थिए ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुँदैछन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह सहभागी हुँदैछन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन् ।

यसअघि निर्वाचनलाई लिएर राष्ट्रपति पौडेल र निर्वाचन आयोगले दलहरूसँग छलफल गरिसकेका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीकै पहलमा भने पहिलो पटक दलहरूसँग संवाद हुन लागेको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : १० बजे

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा