प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन? « Khabarhub

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको कार्यालय र निवास हेर्न सरकार नपुगेको भन्दै आपत्ति जनाएको छ।

मंगलबार निर्वाचनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय संवादमा नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।

भदौ २४ गतेको जेनजी आन्दोलनमा नेताका निवास, पार्टी कार्यालय र सरकारी संरचना ध्वस्त भएका थिए।

उनले निर्वाचनमा सहभागी हुन आफ्नो पार्टी तयार रहेको तर शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउनुपर्ने बताइन्।

‘सरकार डेढ महिना हुँदासम्म क्षतिग्रस्त दलका कार्यालय र नेताको निवासमा पुग्न सकेन भने कसरी सुरक्षाको प्रत्याभूति हुन्छ?,’ उनले भनिन् ‘नेकपा माओवादी केन्द्रले चुनावमा सहभागी हुने विषयमा त निर्णय नै गरिसकेको छ। दलहरुले पनि चुनावको वातावरण बनाउनुपर्छ भनेर भनिसकेको अवस्था छ। तर सरकारले पनि त्यसको वातावरण बनाउनुपर्छ। दलसँग संवाद सुरुवात भएको छ। यसलाई निरन्तरता दिनुपर्छ।’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : ३३ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा