प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन? « Khabarhub

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको कार्यालय र निवास हेर्न सरकार नपुगेको भन्दै आपत्ति जनाएको छ।

मंगलबार निर्वाचनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय संवादमा नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।

भदौ २४ गतेको जेनजी आन्दोलनमा नेताका निवास, पार्टी कार्यालय र सरकारी संरचना ध्वस्त भएका थिए।

उनले निर्वाचनमा सहभागी हुन आफ्नो पार्टी तयार रहेको तर शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउनुपर्ने बताइन्।

‘सरकार डेढ महिना हुँदासम्म क्षतिग्रस्त दलका कार्यालय र नेताको निवासमा पुग्न सकेन भने कसरी सुरक्षाको प्रत्याभूति हुन्छ?,’ उनले भनिन् ‘नेकपा माओवादी केन्द्रले चुनावमा सहभागी हुने विषयमा त निर्णय नै गरिसकेको छ। दलहरुले पनि चुनावको वातावरण बनाउनुपर्छ भनेर भनिसकेको अवस्था छ। तर सरकारले पनि त्यसको वातावरण बनाउनुपर्छ। दलसँग संवाद सुरुवात भएको छ। यसलाई निरन्तरता दिनुपर्छ।’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : ३३ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको