एमालेले आज नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दै, नीति र नेतृत्वको सुरक्षा मुख्य जिम्मेवारी  « Khabarhub

एमालेले आज नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दै, नीति र नेतृत्वको सुरक्षा मुख्य जिम्मेवारी 


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा गर्दैछ । माइतीघर मण्डलामा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वेटमा घोषणा सभा गर्न लागिएको हो । 

पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको हो । 

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको हो । 

आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नेछन् । सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरूका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेले महसुस गरेको हो । एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल बिस्तार गरिने ढकालले बताए । 

एनभीएफमा एकजना कमान्डर र दुईजना सहायक कमान्डरको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : १६ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर