एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया शेयर ऋण’ योजना सार्वजनिक « Khabarhub

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया शेयर ऋण’ योजना सार्वजनिक


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एशिया शेयर ऋण’ को कर्जा योजना सार्वजनिक गरेको छ । 

बैंकले शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

बैंका अनुसार प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै ग्राहकको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ४३ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख