आयोगका पदाधिकारी राजीनामा माग्दै द्वन्द्वपीडितको धर्ना « Khabarhub

आयोगका पदाधिकारी राजीनामा माग्दै द्वन्द्वपीडितको धर्ना


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरूले सत्य निरूपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् ।  

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुरा भए पनि आफूहरूले न्याय नपाएको र आयोगलाई राजनीतिक भागवण्डाको थलो बनाइएको भन्दै द्वन्द्वपीडितहरूले शुक्रबार सत्य निरूपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका हुन् ।

उनीहरूले विधि प्रक्रिया मिचेर तेस्रो पटक पनि दलीय भागबन्डा र राजनीतिक नेतृत्वबाट नियन्त्रित आयोगहरू तत्काल खारेज गर्न माग गरेका छन् ।

त्यस्तै पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीहरूले तत्काल राजीनामा गर्नुपर्ने र द्वन्द्वपीडित समुदायलाई विश्वासमा लिएर विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भ गर्नुपर्ने बेपत्ता परिवारका सदस्य राम भण्डारीले बताए । 

त्यस्तै द्वन्द्वपीडित साझा चौतारीको पूर्व अध्यक्ष सुमन अधिकारीले अहिलेका आयोगका पदाधिकारीहरूले द्वन्द्वपीडितलाई बेवास्ता गरेको बताए । दलीय कोटामा नियुक्त भएका पदाधिकारीले द्वन्द्वपीडितको माग पुरा गर्न नसक्ने उनले बताए । 

उनीहरूले द्वन्द्वपीडित समुदायको विश्वास भरोसा नभएको आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बरबादी मात्र भएकाले आयोग पुनर्गठन गर्न माग गरेका छन् । सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १ : २८ बजे

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

ढाका- शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा

सार्वजनिक बस नयाँ बसपार्कबाट सञ्चालन गर्ने महानगरको निर्णय कार्यान्वयनमा समस्या

काठमाडौं– सङ्घीय राजधानी काठमाडौं उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँ

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्य : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा

जुम्लामा थपिए आठ सय ४९ मतदाता

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सरकारकै कारण अर्थतन्त्र थप मन्दीमा त जाँदैछैन ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले सुशासन र खर्च कटौतीको नाममा