‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत « Khabarhub

‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन् ।  

नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि  काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्‍यालीमा सहभागी बस्नेतले जेन-जी आन्दोलनका क्रममा संसद्, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अव मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताएका हुन् ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रित गर्ने उनले बताए ।

त्यस्तै बस्नेतले असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यका साथ भोलेन्टियर फोर्स अघि बढ्ने जानकारी दिए ।

माइतीघर मण्डलामा युवाहरू भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा पुगेर सभामा परिणत भएको थियो । 

नेसनल भोलेन्टियर फोर्समा एक जना कमान्डर र दुई जना सहायक कमाण्डरको व्यवस्था गरिएको एमालेले जनाएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १ : ३६ बजे

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

ढाका- शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा

सार्वजनिक बस नयाँ बसपार्कबाट सञ्चालन गर्ने महानगरको निर्णय कार्यान्वयनमा समस्या

काठमाडौं– सङ्घीय राजधानी काठमाडौं उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँ

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्य : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा

जुम्लामा थपिए आठ सय ४९ मतदाता

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सरकारकै कारण अर्थतन्त्र थप मन्दीमा त जाँदैछैन ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले सुशासन र खर्च कटौतीको नाममा