नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई चिकित्सक नियुक्त  « Khabarhub

नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई चिकित्सक नियुक्त 


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई जना चिकित्सकलाई नियुक्त गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै काउन्सिलको सदस्यमा डा. प्रकाश बुढाथोकी र  डा. इन्द्रकुमार झालाई सदस्य पदमा नियुक्त गरेकी हुन् ।

डा. बुढाथोकीलाई डेन्टल समूहबाट र डा झालाई मेडिकल समूहबाट नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। डा. झा हाल वीर अस्पतालमा कार्यरत छन् भने डा. बुढाथोकी मन्त्रालय अन्तर्गत  स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुखका साथै मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

काउन्सिलमा तीन जना सदस्य मन्त्रिस्तरीय निर्णयबाट नियुक्त गर्ने व्यवस्था छ । काउन्सिलमा सरकारले अझ एक जना सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : ०१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको