नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई चिकित्सक नियुक्त  « Khabarhub

नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई चिकित्सक नियुक्त 


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई जना चिकित्सकलाई नियुक्त गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै काउन्सिलको सदस्यमा डा. प्रकाश बुढाथोकी र  डा. इन्द्रकुमार झालाई सदस्य पदमा नियुक्त गरेकी हुन् ।

डा. बुढाथोकीलाई डेन्टल समूहबाट र डा झालाई मेडिकल समूहबाट नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। डा. झा हाल वीर अस्पतालमा कार्यरत छन् भने डा. बुढाथोकी मन्त्रालय अन्तर्गत  स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुखका साथै मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

काउन्सिलमा तीन जना सदस्य मन्त्रिस्तरीय निर्णयबाट नियुक्त गर्ने व्यवस्था छ । काउन्सिलमा सरकारले अझ एक जना सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : ०१ बजे

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको