पोखराको फितलो बलिङमा सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य « Khabarhub

पोखराको फितलो बलिङमा सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १९३ रन बनाएको छ । यससँगै पोखराले १ सय ९४ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभर ७ विकेटको क्षतिमा १ सय ९३ रन जोडेको हो ।

सुदूरपश्चिमका ओपनर जोश ब्राउन र बिनोद भण्डारीले पहिलो विकेटका लागि १ सय ८ रनको उत्कृष्ट साझेदारी गरे ।

जोश ब्राउनले यस खेलमा अर्धशतक प्रहार गरे । टिमका लागि सर्वाधिक ६८ रन जोड्न उनले ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । उनलाई पोखराका जेम्स निशमले किरण ठगुन्नामार्फत् क्याच आउट गराएका हुन् ।

त्यसैगरी अर्का ओपनर बिनोद भण्डारी ४२ बलमा ४३ रन जोडेर मैदानबाट बाहिरिए । उनले ४ चौका प्रहार गरे । पहिलो विकेट गुमेपछि क्रिजमा आएका क्रिस लिन पनि आक्रमक ब्याटिङ गरेर छोटो समयमा नै आउट भए ।

उनले १३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३१ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका आरिफ शेख भने तीन बल खर्चेर रनको खाता नखोली आउट भए । ११ ओभरसम्म पोखराको बलिङ फितलो रह्यो । त्यसपछिका ओभरमा भने पोखराले केही लय समात्यो ।

डान डाउथवेटले हर्मित सिंह र दीपेन्द्रसिंह ऐरीको विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिए ।

१० ओभरको चौथो बलसम्म पुगेर पोखराले पहिलो विकेटका रुपमा सुदूरपश्चिमका ब्राउनलाई आउट गर्न सफल भयो । सुदूरपश्चिममा ब्याटिङ फर्ममा रहेका जश ब्राउन र क्रिस लिनलाई पोखराका जेम्स निशमले आउट गराए । तर, उनले ४ ओभर बलिङ गर्दा तीन विकेट लिए पनि ४७ रन खर्चिए ।

उनी पोखराबाट सबैभन्दा बढी रन खर्चिने बलर नै बन्न पुगे । ४ ओभर बलिङ गरेका सागर ढकालले विकटविहीन रहेर ४१ रन खर्चिए । ३ ओभर बलिङ गर्दा उनले ३७ खर्चिए ।

विपीन खत्रीले ३ ओभर बलिङ गर्दा विकेटविहीन रहेर २३ रन खर्चिए । आकाश चन्दले चार ओभरमा ४४ रन खर्चिए । उनले दुई विकेट लिन भने सफल भए । कप्तान कुशल भुर्तेलले १ ओभर बलिङ गरी १० रन खर्चिए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ५६ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा