एनपीएल-२ मा दोस्रो अर्धशतक बनाएर पोखराका कप्तान भुर्तेल आउट « Khabarhub

एनपीएल-२ मा दोस्रो अर्धशतक बनाएर पोखराका कप्तान भुर्तेल आउट


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गतको शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । यो जारी सिजनको नवौँ अर्धशतक हो ।

उनले ३१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।

उनले यसअघि विराटनगर किङ्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा ३१ बलमा ५९ रन जोडेका थिए ।

अर्धशतक प्रहार गरेलगत्तै उनी आउट भएका छन् । उनलाई ३२ औँ बल सामना गर्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइजनले आउट गराए ।

भुर्तेलको नाममा सिजनको पाँचौ अर्धशतक छ । यस सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने भुर्तेल दोस्रो खेलाडी हुन् । चितवनक रवि बोपाराले यसअघि नै दुई अर्धशतक प्रहार गरेका छन् ।

बोपाराले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध सिजनको तेस्रो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५२ रन जोडेका थिए ।

बोपाराले पाँचौ खेलमा लुम्बिनी लायन्सविरुद्ध सिजनको व्यक्तिगत दोस्रो अर्धशतक प्रहार गरे । यस खेलमा उनले ५५ बलमा ६६ रन जोडेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ३० बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो