एनपीएल-२ मा दोस्रो अर्धशतक बनाएर पोखराका कप्तान भुर्तेल आउट « Khabarhub

एनपीएल-२ मा दोस्रो अर्धशतक बनाएर पोखराका कप्तान भुर्तेल आउट


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गतको शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । यो जारी सिजनको नवौँ अर्धशतक हो ।

उनले ३१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।

उनले यसअघि विराटनगर किङ्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा ३१ बलमा ५९ रन जोडेका थिए ।

अर्धशतक प्रहार गरेलगत्तै उनी आउट भएका छन् । उनलाई ३२ औँ बल सामना गर्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइजनले आउट गराए ।

भुर्तेलको नाममा सिजनको पाँचौ अर्धशतक छ । यस सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने भुर्तेल दोस्रो खेलाडी हुन् । चितवनक रवि बोपाराले यसअघि नै दुई अर्धशतक प्रहार गरेका छन् ।

बोपाराले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध सिजनको तेस्रो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५२ रन जोडेका थिए ।

बोपाराले पाँचौ खेलमा लुम्बिनी लायन्सविरुद्ध सिजनको व्यक्तिगत दोस्रो अर्धशतक प्रहार गरे । यस खेलमा उनले ५५ बलमा ६६ रन जोडेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ३० बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा