रौतहटमा सशस्त्र प्रहरीद्वारा चार महिनामा २ करोड १८ लाखभन्दा बढीको अवैध सामान बरामद « Khabarhub

रौतहटमा सशस्त्र प्रहरीद्वारा चार महिनामा २ करोड १८ लाखभन्दा बढीको अवैध सामान बरामद


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रौतहट- सशस्त्र प्रहरी बलले चार महिनामा झण्डै २ करोड १८ लाख ४ हजार २७ रुपैयाँबराबरको भन्सार छलीका अवैध सामग्री बरामद गरेको छ।

गत साउनदेखि कार्तिक मसान्तसम्म सञ्चालन गरिएको नियमित गस्ती, विशेष अनुगमनका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले पनि उक्त अवधिमा तस्करी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरिएको बताए।

बरामद सामानमा किराना, कस्मेटिक‚ लत्ताकपडा, मोटरपार्टस्, सालको काठ, मदिरा, भारतीय माछा, ब्रोइलर कुखुरा, सेतो अण्डा र पटका जस्ता सामग्री फेला पारिएको एसपी अधिकारीले प्रहरीले जानकारी दिए।

यसबाहेक स्रोत नखुलेको ७ लाख २ हजार ४०० रुपैयाँ समेत बरामद गरिएको अधिकारीले बताए।

सामान ढुवानीमा प्रयोग भएका सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ। तथ्यांकअनुसार टिपर १, ट्याक्टर २, जेसीबी १, पिकअप २, म्याजिक १, अटो १, कार १, स्कार्पियो १, मोटरसाइकल ४८ र साइकल २ गरी ५६ वटा सवारीसाधन जफत गरिएको सशस्त्र प्रहरी रौतहटका प्रवक्ता डीएसपी दीपेन्द्र थापाले जानकारी दिए।

सीमाक्षेत्रमा प्रहरी बल सतर्कतापूर्वक परिचालन गरिएको प्रवक्ता थापाले बताए। ‘सूचनाका आधारमा चलाइएको अपरेसनले राम्रो परिणाम दिएको छ। आगामी दिनमा निगरानी अझ कडाइका साथ अघि बढाइनेछ’, उनले भने।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : ०१ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा