लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै « Khabarhub

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सघन रूपमा अघि बढेको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रङ्गशाला निर्माण प्रक्रियाको अवस्थाबारे जानकारी लिन आज स्थलगत निरीक्षणका लागि यज्ञभूमि पुगेका थिए।

निरीक्षणका क्रममा मन्त्री गुप्ताले मन्त्रालयबाट रु तीन करोड बजेटको व्यवस्था भइसकेको जनाउँदै प्रविधिक अध्ययनको काम भइरहेको बताए। विगतमा विभिन्न कारणले रोकिएको बजेट फुकुवाका लागि अर्थ मन्त्रालयमा फाइल पुगेकाले प्रक्रिया पूरा भएलगत्तै काम सुरु हुने उनले विश्वास दिलाए।

‘हामी जसरी हुन्छ काम अगाडि बढाउनेतर्फ केन्द्रित छौँ, कागजपत्र मिलाउने, रकम व्यवस्थापनलगायत काम प्रक्रियामा छन्’, मन्त्री गुप्ताले भने।

लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरका अनुसार उक्त क्षेत्र सरकारी जग्गा भएकाले रङ्गशाला निर्माण सहज हुने बताउँदै लहान नगरपालिकाले रु दुई करोड सहयोग घोषणा गरिसकेको जानकारी दिए। मन्त्रालयको रु तीन करोडसहित रु पाँच करोडको प्रारम्भिक काम शीघ्र सुरु हुने उनले बताए।

पहिले सार्वजनिक भइसकेको डिजाइनअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको क्लबले जनाएको छ। मन्त्री गुप्ताको गृहनगर भएकाले रङ्गशाला निर्माणप्रति स्थानीयस्तरमा थप आशा बढेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : २१ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक