लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै « Khabarhub

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सघन रूपमा अघि बढेको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रङ्गशाला निर्माण प्रक्रियाको अवस्थाबारे जानकारी लिन आज स्थलगत निरीक्षणका लागि यज्ञभूमि पुगेका थिए।

निरीक्षणका क्रममा मन्त्री गुप्ताले मन्त्रालयबाट रु तीन करोड बजेटको व्यवस्था भइसकेको जनाउँदै प्रविधिक अध्ययनको काम भइरहेको बताए। विगतमा विभिन्न कारणले रोकिएको बजेट फुकुवाका लागि अर्थ मन्त्रालयमा फाइल पुगेकाले प्रक्रिया पूरा भएलगत्तै काम सुरु हुने उनले विश्वास दिलाए।

‘हामी जसरी हुन्छ काम अगाडि बढाउनेतर्फ केन्द्रित छौँ, कागजपत्र मिलाउने, रकम व्यवस्थापनलगायत काम प्रक्रियामा छन्’, मन्त्री गुप्ताले भने।

लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरका अनुसार उक्त क्षेत्र सरकारी जग्गा भएकाले रङ्गशाला निर्माण सहज हुने बताउँदै लहान नगरपालिकाले रु दुई करोड सहयोग घोषणा गरिसकेको जानकारी दिए। मन्त्रालयको रु तीन करोडसहित रु पाँच करोडको प्रारम्भिक काम शीघ्र सुरु हुने उनले बताए।

पहिले सार्वजनिक भइसकेको डिजाइनअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको क्लबले जनाएको छ। मन्त्री गुप्ताको गृहनगर भएकाले रङ्गशाला निर्माणप्रति स्थानीयस्तरमा थप आशा बढेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : २१ बजे

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच