फिलिपिन्सकी ‘चिनियाँ जासुस’ मेयर मानव तस्कीको अभियोगमा दोषी ठहर, जन्मकैदको सजाय « Khabarhub

फिलिपिन्सकी ‘चिनियाँ जासुस’ मेयर मानव तस्कीको अभियोगमा दोषी ठहर, जन्मकैदको सजाय


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ जासुसको आरोप लागेकी फिलिपिन्सको एउटा सानो शहरकी मेयर मानव तस्कीको अभियोगमा दोषी ठहर भएकी छिन् । राजधानी मनिलाभन्दा उत्तरमा पर्ने एउटा शहरकी मेयर अलिस गुओलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

उनीमाथि चिनियाँहरुले सञ्चालन गर्ने अनलाइन जुवाघरको व्यवस्थापन गरेको आरोप समेत लागेको छ । ती जुवाघरमा मजदुरहरुले यातनाको जोखिममा काम गर्दै आएको खुलेको छ ।

अनुसन्धानकर्ताहरुले ३५ वर्षीया अलिस गुओ फिलिपिनी नागरिक समेत नभएको पुष्टि गरेका छन् । उनी किशोरी उमेरमा चीनको फुजियानबाट फिलिपिन्स प्रवेश गरेको बेलायती अखबार द टेलिग्राफले उल्लेख गरेको छ ।

उनको फिङ्गरप्रिन्टले उनको वास्तविक नाम गुओ हुवा पिङ रहेको र उनको जन्म दक्षिणपूर्वी चीनको फुजियान प्रान्तमा भएको पत्ता लागेको थियो । उनको सम्बन्ध धनाढ्य चिनियाँ व्यापारीहरुसँग रहेको पनि थाहा भएको थियो ।

गत मे महिनामा भएको सुनुवाइका क्रममा फिलिपिन्सका सिनेटहरुले उनी चिनियाँ जासुस भएकोबारे चासो राखेका थिए । जेल परेका चिनियाँ जुवाघर सञ्चालक शे झिजियाङले आफूजस्तै गुओ पनि चिनियाँ राज्य सुरक्षा मन्त्रालयको जासुस रहेको बयान दिएपछि घटनाको पर्दाफाश भएको थियो ।

गुओ सन् २०२२ मा बामबान नामक शहरको मेयर निर्वाचित भएकी थिइन् । यद्यपि त्यसको दुई वर्षपछि सबैभन्दा ठूलो जुवाकेन्द्रको खुलासा भएपछि उनी निलम्बनमा परेकी थिइन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ५४ बजे

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता