आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २१ तारिख । पौष शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वित्तिया तिथि । विश्व ध्यान दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । हरेक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइ दाहिना भएकाले राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

वृष : एकल निर्णयमा बाधा हुनेछ । साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रयास निरन्तर गर्नुपर्नेछ । परिवारलाई विश्वास गर्दा घात हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मिथुन : लगानीको क्षेत्रमा सफलता मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्दा फाइदा हुनेछ । बन्धुसँगको सहकार्य अगाडि बढाएका काममा सफलता मिल्नेछ । बौद्धिक व्यक्तिसँग समय बिताउँदा मन प्रसन्न हुनेछ । परिवारमा भने खटपटी हुने योग छ ।

कर्कट : अनुत्पादक क्षेत्रको लगानीले घाटा हुनेछ । दाजुभाइको सल्लाहमा अगाडि बढेमा दिन सहज हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढेको छ । सहकर्मीले आक्रमण निरन्तर गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंह : भाग्यको उदय हुनेछ । लगानीका क्षेत्रमा सफलता मिल्नेछ । पेट सम्बन्धी रोगले सताउने जोखिम छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । विपक्षी साथी तपाईंलाई असफल बनाउन सक्रिय भए पनि तपाईंले आफ्नो काममा निरन्तरता दिनु आवश्यक देखिन्छ ।

कन्या : दिन राम्रो भए पनि गलत ठाउँमा लगानी भए ठुलो घाटा हुनेछ । लगानी गर्नुपर्ने भए आफू अगाडि नबढ्नु राम्रो हुन्छ । स्वास्थ्यको क्षेत्रमा भने सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन राम्रो छ । आज सम्पत्ति आर्जन हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइ दाहिना भएकाले राम्रो कामको सुरुवात गरेमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा भने नगर्नु राम्रो हुनेछ ।

वृश्चिक : दिन सहज छ । आम्दानीका स्रोत बलिया छन् । सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । औषधी नियमित नहुँदा पुरानो रोगले सताउने जोखिम छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । बोल्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

धनु : दिन राम्रो छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुने दिन छ । राम्रो कामको सुरुवात हुनेछ । विपक्षी सक्रिय भएकाले हरेक काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । सहकर्मीसँग सहकार्य गरेर मात्र निर्णय गर्नु राम्रो हुनेछ । विपक्षी साथीको सम्मान गर्न नजान्दा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारबाट घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भ : दिन राम्रो छ । दीर्घकालीन योजना बनाउन सकिन्छ । गुरुसँगको परामर्शले मन हलुका हुनेछ । परिवारको तर्फबाट साथ मिल्ने दिन छ । साथीले महत्त्वपूर्ण काममा सहयोग गर्नेछन् ।

मीन : दैनिकी सहज छ । परिवारको साथ र सहयोग मिल्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ । बोलेको काम गर्नुपर्ने आवश्यकता देखिन्छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । बिहान पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : १२ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह