भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ? « Khabarhub

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले शनिबार सूर्यकुमार यादव कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । यसअघि उपकप्तानको जिम्मेवारीमा रहेका शुभमन् गिल टोलीबाट बाहिरिएका छन् । भारतको टिममा गिल आउट हुँदा अधिकांश अलराउन्डरले स्थान पाएका छन् । गिल टिममा समेटिन नसक्दा भारतीय क्रिकेट क्षेत्रमा चर्चा चुलिएको छ ।

टोलीको उपकप्तान अक्षर पटेललाई बनाइएको छ । टोलीमा कप्तान सूर्यकुमार र उपकप्तान अक्षरसहित अभिषेक शर्मा, तिलक वर्मा, रिंकु सिंह, सन्जु सैमसन (विकेटकिपर), ईशान किसन (विकेटकिपर), शिवम दुबे, हार्दिक पाण्ड्या, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, जसप्रित बुमराह, हर्षित राणा, कुलदीप यादव र वरुण चक्रवर्ती समेटिएका छन् ।

नेपालको समेत सहभागिता रहने विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स र पाकिस्तान रहेको छ ।

यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, वेस्टइन्डिज, बङ्गलादेश, इटली र नेपाल रहेको छ । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ३० बजे

किन विस्केट जात्रालाई नेपालकै अद्भुत पर्व मानिन्छ ?

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार