भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ? « Khabarhub

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले शनिबार सूर्यकुमार यादव कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । यसअघि उपकप्तानको जिम्मेवारीमा रहेका शुभमन् गिल टोलीबाट बाहिरिएका छन् । भारतको टिममा गिल आउट हुँदा अधिकांश अलराउन्डरले स्थान पाएका छन् । गिल टिममा समेटिन नसक्दा भारतीय क्रिकेट क्षेत्रमा चर्चा चुलिएको छ ।

टोलीको उपकप्तान अक्षर पटेललाई बनाइएको छ । टोलीमा कप्तान सूर्यकुमार र उपकप्तान अक्षरसहित अभिषेक शर्मा, तिलक वर्मा, रिंकु सिंह, सन्जु सैमसन (विकेटकिपर), ईशान किसन (विकेटकिपर), शिवम दुबे, हार्दिक पाण्ड्या, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, जसप्रित बुमराह, हर्षित राणा, कुलदीप यादव र वरुण चक्रवर्ती समेटिएका छन् ।

नेपालको समेत सहभागिता रहने विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स र पाकिस्तान रहेको छ ।

यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, वेस्टइन्डिज, बङ्गलादेश, इटली र नेपाल रहेको छ । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ३० बजे

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’