मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै « Khabarhub

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन् ।

यसैगरी एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन् । मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ ।

यसअघिका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । मण्डललाई पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतले अविश्वास प्रस्ताव पारित गरेपछि उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी थिइन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा तीन सदस्य निलम्बित छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ४९ बजे

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान