नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन् « Khabarhub

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा परेकी छन् । भारतीय मिडियाका अनुसार सनबर्न फेस्टिभलमा प्रस्तुति दिन जाने क्रममा अपराह्न करिब ४ बजे मादक पदार्थ सेवन गरेका चालकले चलाएको कारले उनको सवारी साधनलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि नोरा फतेहीलाई तत्काल नजिकैको अस्पतालमा लगेर सामान्य प्राथमिक उपचार गरिएको थियो । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको र कुनै गम्भीर चोट नलागेको पुष्टि गरेका छन् । घटनाले केही समय त्रास सिर्जना गरे पनि नोरा पूर्ण रूपमा सुरक्षित रहेकी छन् ।

दुर्घटनाको पीडाका बाबजुद पनि नोरा फतेहीले आफ्नो व्यावसायिक प्रतिबद्धता कायम राख्दै सनबर्न फेस्टिभलको स्टेजमा उत्रिइन्।

उनले ऊर्जा र आत्मविश्वासका साथ दिएको प्रस्तुतिले दर्शक र फ्यानहरूको मन जितेको छ । दुर्घटनापछि पनि स्टेजमा देखिएको उनको जोश देखेर सामाजिक सञ्जालमा प्रशंसाको वर्षा भइरहेको छ । सनबर्नमा दिएको उनको प्रस्तुतिको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।

यस घटनापछि मुम्बई प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएको छ । चालकविरुद्ध लापरबाहीपूर्वक सवारी चलाएको र नशामा गाडी चलाएको अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १२ : ३५ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका