पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने « Khabarhub

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण गरिने भएको छ । यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तरक्रिया थालेको छ ।

भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपानीमा बन्न लागेको हो । उक्त भौतिक संरचना निर्माणका लागि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीले संयुक्त रूपमा छलफल थालेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष विश्व उलकका अनुसार मल्लकालीन सबैभन्दा पुरानो मन्दिरलाई आधार मानेर चालु आर्थिक वर्षभित्रै वुद्धको अनुयायीका रूपमा स्थापित भृकुटीको उद्यानसहितको जन्मघर निर्माण सुरु गरिनेछ ।

बाग्मती प्रदेश सरकारले चालु आवमा एक करोड विनियोजन गरेको जनाइएको छ । परामर्शदाता इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माणस्थल, भवनको स्वरुप र लागतसम्बन्धी प्रस्तुति गरेका थिए । उनका अनुसार भृकुटी जन्मघर निर्माणमा १३ करोड ३९ लाख र भृकुटी पार्क निर्माणमा पाँच करोड दुई लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुवै आयोजना सम्पन्न गर्न करिब २६ करोड रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ ।

भृकुटीको जन्म ६८१ (सन् ६२४) माघ १ गते मकर सङ्क्रान्तिको दिन राजा उदयदेव र रानी भद्रावतीको कोखबाट काभ्रेको खोपासीमा भएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

नगरप्रमुख रामशरण भण्डारीले पनौतीको ऐतिहासिक तथा धार्मिक महत्वलाई पनौतीमै महासत्व बुद्धको जन्म भएको तथा पनौतीको खोपासीबाट भृकुटी बुद्धको विवाह भई तिब्बत पुगेर बौद्ध धर्मको प्रचारप्रसार भएको इतिहासले बताएको उल्लेख गरे । खोपासीमा भृकुटीको जन्मघर निर्माण हुँदा पनौतीमात्र नभई समग्र राष्ट्रकै हितमा रहने उनको अपेक्षा छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १२ : ३८ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य