पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने « Khabarhub

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण गरिने भएको छ । यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तरक्रिया थालेको छ ।

भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपानीमा बन्न लागेको हो । उक्त भौतिक संरचना निर्माणका लागि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीले संयुक्त रूपमा छलफल थालेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष विश्व उलकका अनुसार मल्लकालीन सबैभन्दा पुरानो मन्दिरलाई आधार मानेर चालु आर्थिक वर्षभित्रै वुद्धको अनुयायीका रूपमा स्थापित भृकुटीको उद्यानसहितको जन्मघर निर्माण सुरु गरिनेछ ।

बाग्मती प्रदेश सरकारले चालु आवमा एक करोड विनियोजन गरेको जनाइएको छ । परामर्शदाता इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माणस्थल, भवनको स्वरुप र लागतसम्बन्धी प्रस्तुति गरेका थिए । उनका अनुसार भृकुटी जन्मघर निर्माणमा १३ करोड ३९ लाख र भृकुटी पार्क निर्माणमा पाँच करोड दुई लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुवै आयोजना सम्पन्न गर्न करिब २६ करोड रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ ।

भृकुटीको जन्म ६८१ (सन् ६२४) माघ १ गते मकर सङ्क्रान्तिको दिन राजा उदयदेव र रानी भद्रावतीको कोखबाट काभ्रेको खोपासीमा भएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

नगरप्रमुख रामशरण भण्डारीले पनौतीको ऐतिहासिक तथा धार्मिक महत्वलाई पनौतीमै महासत्व बुद्धको जन्म भएको तथा पनौतीको खोपासीबाट भृकुटी बुद्धको विवाह भई तिब्बत पुगेर बौद्ध धर्मको प्रचारप्रसार भएको इतिहासले बताएको उल्लेख गरे । खोपासीमा भृकुटीको जन्मघर निर्माण हुँदा पनौतीमात्र नभई समग्र राष्ट्रकै हितमा रहने उनको अपेक्षा छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १२ : ३८ बजे

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य

टेलिकमको टावरमा समस्या, मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा प्रभावित

मुगु– मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क