काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर छिरेर उतै बस्नेको चर्चा यहाँ गर्न खोजिएको होइन ।
अमेरिकामा प्रस्तुती दिन गएर फर्किएका दुई गायिका उधुमै गरिरहेका छन्, त्यही अमेरिका टूर पेरिफेरी रहेर ।
अमेरिकाबाट फर्किएपछि कलाकारहरुले यति लामो गलफत्ती गरेको यो नै पहिलो घटना हो ।
गायिकाद्वय एलिना चौहान र कला लम्साल आयोजक संस्था फ्लाई नेपाको ‘अब गाउँछ अमेरिका’मा प्रस्तुती दिन गएका थिए । यी दुवै कार्यक्रम पूरा नगरी फर्किए ।
बिमार भएर कला नेपाल फर्किइन् । एलिना आयोजनकसँग लफडा गरेर फर्किइन् ।
त्यसयता यी दुवै गायिका अमेरिकाकै प्रसंगले चर्चामा छन् । त्यसो त इलिना पछिल्लो समय गायकीभन्दा यस्तै विवादले चर्चामा छिन् । उनले यो खालको चर्चालाई ‘एन्जोय’ गरिरहेको देखिन्छ ।
अमेरिकामा रहँदा समधुर रहेको यी दुईको सम्बन्ध एलिना नेपाल फर्किएपछि बिग्रिएको हो ।
बिरामी भएर फर्कदा एलिनाले आफ्नो पक्षमा नबोलेको आरोप कलाले लगाएपछि यी दुईको सम्बन्ध बिग्रिएको हो । नेपाल फर्किएपछि विभिन्न अन्तर्वार्तामा एलिनाले कलालाई काउन्टर दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘आफ्नो लागि आफैँ बोल्ने हो ।’
यस्तै कुराले उनीहरुको सम्बन्ध बिग्रिएको निकटस्थ बताउँछन् ।
कुरा यतिसम्म पुगेको रहेछ कि, कला नियोजित रुपमै एलिनाबारे प्रश्न सोध्न लगाएर अन्तर्वार्ता दिँदै हिड्ने रहिछन् ।
४–५ दिनअघि सार्वजनिक एक अन्तर्वार्तामा कलाले कार्यक्रम प्रस्तोतालाई भन्छिन्, ‘‘त्यहाँबाट प्रसंग एलिनतिर मोड ।’
सम्पादन चुकेर वा नियोजित रुपले नै कलाले उक्त अंश बालेको भिडियो बाहिरियो । अहिले उक्त अंश समावेश अन्तर्वार्ता युट्युबबाट हटाइएको छ ।
एलिनाले यसबारे प्रतिक्रिया जनाएकी थिइनन् । तर, कलाले सिक्री काण्ड झिकेपछि आफू लक्षित अन्तर्वार्ता दिँदै हिड्ने योजनाबारे इलिनाले जवाफ फर्काइन् ।
एलिनाले कलालाई भनेकी छन्, ‘मेरो नाम लिएर उहाँ चल्न (चर्चित) खोज्नुभएको रहेछ । ठिकै छ चर्चित बन्नुस् भनेर मैले वास्ता नगरेको हो ।’
अब सुनको सिक्री काण्डमा प्रवेश गरौँ ।
एक अन्तर्वार्तामा कलाले भनिन्, ‘मैरै सुनको सिक्री लगाएर अन्तर्वार्तामा मविरुद्ध बोल्ने गायिका पनि छन् । कम्तीमा मेरोविरुद्ध मेरै सिक्री लाएर नबोलेको भए हुने ।’
प्रस्तोताले प्रश्न गर्छिन्, ‘यही लगाइरहेको सिक्री ?’
कला आफ्नो गलामा हेर्छिन् र हाँस्छिन् । अनि थप्छिन्, ‘अँ यही ।’
कलाले लगाएको डिजाइनको सिक्री एलिनाको गलामा देखिएको थियो । उक्त सिक्री केन्द्रित गरेको एलिना र कलाको तस्बिर सामाजिक सञ्जालमा देखिन थाले ।
धेरैले अनुमान गरे कि, ‘कलाको सिक्री ल्याएर उनकै कुरा गर्ने गायिका एलिना हुन् ।’ सामाजिक सञ्जालमा केमेन्ट बक्स भरी यही अनुमान देखिन लाग्यो ।
केहीले प्रश्न पनि गरे, ‘कलाको सुनको सिक्री कसरी एलिनाको गलामा पुग्यो ?’
रिल्स भिडियो हेरेर आफ्नो विचार बनाउने दर्शक प्रवृती हाबी भएको समयमा एलिनाबारे नकारात्मक टिप्पणी नहुने कुरै भएन ।
एक व्यक्तिहरुको सिक्री अर्काको गलामा पुग्नुलाई कुन कोणमा शङ्का गरिन्छ ? पाठकहरु आफैँ जानकार हुनुहुन्छ । यसबारे धेरै चर्चा गर्न आवश्यक नहोला !
यही शंका मेट्न एलिनाले ‘कलाको सिक्री आफ्नो गलामा कसरी आयो’ भन्ने प्रसंग सेयर गरेकी छन् ।
एलिनाले स्पष्ट पारेकी छन्, ‘उहाँले सिक्रीको कुरा गर्नुभयो । उहाँले यो सिक्री मलाई लुगामा सुहाएन, तिमी नै लाएर बस भन्नुभयो । त्यसपछि उहाँ आयोजकसँग झगडा गरेर नेपाल आएपछि बिर्सनुभयो । त्यो मैसँग थियो । मैले उतैबाट फोन गरेर सिक्री मैसँग छुटेको पनि भनेँ ।’
एलिना सिक्रीको प्रसंगबारे स्पष्ट पार्न मात्रै सीमित भइनन् । उनी कलाविरुद्ध खरो उत्रिएन् ।
‘कलाले सिक्री चोरको आशय अनुसार प्रसंग कोट्याएको’ बुझाइका साथ भनिन्, ‘अहिले मैले सिक्री नै चोरेको जस्तो गर्नुभयो । सिक्री होइन तपाईंको किड्नी किन्ने औकात छ । औँला ठड्याएर भन्छु साच्चिकै मैले तपाईंको किड्नी किन्ने औकात बनाएको छु ।’
तर, कलाले आफ्नो सिक्रो चोरी नभएर एक सेलिब्रिटीसँग छुटेको स्पष्ट बताएकी थिइन् ।
कलाको अमेरिकासँग जोडिएको व्यक्तिगत कुरा पनि एलिनाले बोलेकी छन् । कला डाक्टरको परामर्श विपरीत अमेरिका गएर स्वास्थ्य समस्या बल्झिएकाले बीचमै नेपाल फर्कन परेको एलिनाको बुझाइ छ ।
एलिनाको आरोप छ, ‘उहाँले अमेरिका जान आफ्नो ज्यान दाउमा राख्नुभयो । नियमले गर्दा औषधी पनि लानुभएन । सोहीकारण उहाँ बिमारले च्याप्दा नेपाल फर्कन पर्यो ।’
एलिना–कला विवाद विश्वासले राख्न दिएको सुनको कारण उब्जिएको हो । जसले एलिनामाथि विभिन्न शङ्का भए । एलिना बालेपछि कलाले सामाजिक सञ्जालमा गाली खाएकी छन् । यही विषयले अहिले सामाजिक सञ्जाल तातेको छ ।
अहिले एलिनालाई एउटा उखान लागू भएको छ, ‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख ।’
कतिपयले यो घटनालाई नेपाली सेलिब्रिटीहरुको चेतनास्तरसँग जोडेर हेरेका छन् । दर्शकलाई सकारात्मक प्रभाव छाड्नुपर्ने कलाकारको नैतिक दायित्वबाट विमुख भएर चर्चा बटुल्न ‘तिललाई पहाड’ बनाउने लागिपरेको अर्को उदाहरणका रुपमा कतिपय दर्शकले यो घटनालाई लिएका छन् ।













प्रतिक्रिया