गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो  « Khabarhub

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 



काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी पिउँदा त्यो क्याफिन भन्ने तत्त्व पनि बच्चासम्म जान्छ । 

त्यो तत्त्वलाई पचाउने क्षमता गर्भमा भएको बच्चामा विकास भइसकेको हुँदैन र क्याफिन बच्चाको शरीरमा जम्मा भएर बस्छ । जसले रगतका नलीहरूलाई खुम्चाउने काम गर्छ । आमादेखि बच्चासम्म रगतका नलीहरू खुम्चिँदै गइसकेपछि भनेको जति पोषण र तत्त्वहरू बच्चाले पाउँदैन ।

चाहिने जति पोषक तत्त्वहरू नपाएपछि पुर्णरुपमा बच्चाको विकासमा वाधा पुर्‍याउँछ । त्यसैले गर्भवती आमाले कफी खानु राम्रो हुँदैन । 

दूध हालेको चियाः दूध हालेको चियामा पनि केही मात्रामा क्याफिन हुन्छ भने त्यसको संगसंगै चिया खाँदा ग्याष्ट्राइटिस बढ्छ । 

गर्भावस्थामा त्यसैपनि हर्मोनका कारणले बिहानीपख वाकवाकी लाग्ने, डकार आउने भइरहेको हुन्छ त्यसैमाथि दूध हालेको चिया खाँदा यसलाई बढाउने काम गर्ने भएकाले गर्भावस्थामा दूध हालेको चिया खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन । चिया खान मन लाग्छ भने कालो चियामा थोरै अदुवा राखेर खान सकिन्छ । 

हर्लिक्श : हर्लिक्शमा एडेड सुगर हुन्छ । गर्भावस्थामा एडेड सुगर भएका चिजहरू खाँदै नखान हामी सल्लाह दिन्छौँ । धेरै जनालाई गर्भावस्थामा सुगर देखिन्छ । 

त्यसैले हर्लिक्श, बिस्कुट र फेण्टा, कोक, लगायतका शुगरको मात्रा धेरै भएका पेय पदार्थ र दूध हालेको चिया कफी जस्ता खानेकुराहरू गर्भावस्थाको नौ महिनामा सकेसम्म नखानु नै राम्रो हुन्छ । ( साभार : स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नितेस घिमिरेको फेसबुकबार)

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ३ : ५१ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा