केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू « Khabarhub

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र नेकपा एमालेलाई फागुन २१ गतेको चुनावमा फेस गरेर देखाउन चुनौती दिएका छन् ।

सहकारी ठगी प्रकरणमा करिब ९ महिना लामो जेल जीवन बिताएर धरौटीमा रिहा भएका लामिछानेले सोमबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुग्दै यस्तो बताएका हुन् ।

‘जेन-जी विद्रोहका क्रममा भागेका शक्तिहरू निर्वाचन बिथोल्न लागेका छन् । त्यसी भागेका शक्तिहरू शान्ति, सु-व्यवस्था बिगार्न लागेका छन्’, उनले भने, ‘आफैं घटना गराएर निर्वाचनको वातावरण बिगार्ने कोसिसमा छन् । तपाईंहरूले मुन्टो निकाल्नुपर्दैन रास्वपा निर्वाचनको पक्षमा छ ।’

उनले एघारौँ महाधिवेशनबाट तेस्रो पटक एमालेको अध्यक्ष भएका केपी शर्मा ओलीलाई नभागी निर्वाचनमा सहभागी हुन पनि चुनौती दिएका छन् ।

‘चुनावमा भाग लिएर पार्टीको जस्तै आमचुनावमा पनि जिते भइगयो’, उनले भने, ‘बहादुरीसहित अगाडि बढ्नुस् । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन ।’

उनले आफूहरू उत्साहित भए पनि उत्सव नमनाएको भन्दै बचाउ गरे । बाजागाजा र नाचगानसहित कार्यालयमा हाजिर भएको कुरामा उनले यस्तो बताएका हुन् । ‘हामीले शहीद भाइबहिनीको सपना पूरा गर्न तयार छौँ ’, उनले भने ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : २२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी