मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित « Khabarhub

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन् । 

आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेपालका नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन् । यादवको पक्षमा ७२ मत परेको थियो भने उनको विपक्षमा २४ मत परेको थियो ।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर यादव निर्वाचित भएपछि उपसभामुख बबिता राउत इशरले एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव सभामा प्रस्तुत गर्नु नपर्ने जानकारी गराएकी थिइन् । 

यसअघि एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त भएपछि नयाँ सभामुख चयन गरिएको हो । 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : ४५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले