मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित « Khabarhub

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन् । 

आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेपालका नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन् । यादवको पक्षमा ७२ मत परेको थियो भने उनको विपक्षमा २४ मत परेको थियो ।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर यादव निर्वाचित भएपछि उपसभामुख बबिता राउत इशरले एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव सभामा प्रस्तुत गर्नु नपर्ने जानकारी गराएकी थिइन् । 

यसअघि एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल पद अनुकूल आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त भएपछि नयाँ सभामुख चयन गरिएको हो । 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : ४५ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली