केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने « Khabarhub

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने भएको छ । 

कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको कोशी प्राइड लिग आयोजना गरिने जनाएको हो ।

प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरी सात टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवंसुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले कोशी प्रदेशमा क्रिकेट विकास र ग्रासरुट क्रिकेटलाई मजबुत बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपालका क्रिकेट खेल र संरचनालाई बलियो बनाउन सवैपक्षबीच सहकार्य आवश्यक रहेको बताए । विद्यालय क्रिकेटलाई जोड दिन सके भविष्यमा राम्रा खेलाडी आउन मद्दत पुग्ने उनको भनाई छ ।

प्रतियोगितामा सहभागी टीममा ११ खेलाडी रहने आयोजकले जनाएको छ । जसमा एक मार्की, एक आइकोनिक, राष्ट्रिय टिमबाट ड्राफ्ट हुने तीन खेलाडी, क्याटगोरी ‘ए’ का तीन, ‘बी’ का दुई र ‘सी’ का एक खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको कोशी प्राइड प्रालिले जानकारी दिएको छ । 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : १९ बजे

किन विस्केट जात्रालाई नेपालकै अद्भुत पर्व मानिन्छ ?

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार