केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने « Khabarhub

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने भएको छ । 

कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको कोशी प्राइड लिग आयोजना गरिने जनाएको हो ।

प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरी सात टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवंसुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले कोशी प्रदेशमा क्रिकेट विकास र ग्रासरुट क्रिकेटलाई मजबुत बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपालका क्रिकेट खेल र संरचनालाई बलियो बनाउन सवैपक्षबीच सहकार्य आवश्यक रहेको बताए । विद्यालय क्रिकेटलाई जोड दिन सके भविष्यमा राम्रा खेलाडी आउन मद्दत पुग्ने उनको भनाई छ ।

प्रतियोगितामा सहभागी टीममा ११ खेलाडी रहने आयोजकले जनाएको छ । जसमा एक मार्की, एक आइकोनिक, राष्ट्रिय टिमबाट ड्राफ्ट हुने तीन खेलाडी, क्याटगोरी ‘ए’ का तीन, ‘बी’ का दुई र ‘सी’ का एक खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको कोशी प्राइड प्रालिले जानकारी दिएको छ । 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : १९ बजे

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’