भाद्र २४ को विध्वंसमा जेन-जीको हात छैन : शेखर कोइराला « Khabarhub

भाद्र २४ को विध्वंसमा जेन-जीको हात छैन : शेखर कोइराला


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको विध्वंसमा जेन-जीहरुको हात नरहेको जिकिर गरेका छन् । 

आइतबार विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावनाबारे युवासंग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेन-जी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताए ।

भाद्र २४ गते गरिएको विरोध, विद्रोह भन्दा पनि विध्वंस भएको बताउँदै उनले त्यसमा जेन-जी युवाहरूको हात नरहेको बताए । उनले भाद्र २३ गतेको घटनाका दोषीलाई मात्र नभई भाद्र २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गरे ।

कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेन-जीहरुको प्रश्नको उत्तर दिँदै नेता कोइरालाले शिक्षामा भइरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरे ।

उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अंग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको पढाइले दुई प्रकारका नागरिक उत्पादन भइरहेको बताए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : २८ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी