‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित « Khabarhub

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँच जना व्यावसायिक फोटो पत्रकारलाई सम्मानित गरेको छ ।

ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतित्यमा आइतबार सम्पन्न कार्यक्रममा विभिन्न पाँच विधामा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ प्रदान गरेको हो ।

एनएफपिजेले ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नवीनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुवास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शङ्कर भुजेललाई प्रदान गरेको हो ।

सो अवसरमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हार्तम्छालीले ‘फोटोग्राफी’ समाजमा सबैभन्दा सरल, छिटो, जीवन्त र प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गरी व्यावसायिक ढङ्गबाट अघि बढ्न सुझाव दिए ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले देशभर क्रियाशील फोटो पत्रकारहरूको सामाजिक तथा पेशागत सुरक्षा, व्यावसायिक सशक्तीकरण र सूचना प्रविधिको विकाससँगै आधुनिक प्रविधिमा आधारित क्षमता विकासलाई प्राथमिकता दिँदै सङ्गठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गए ।

वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ र महासचिव घनश्याम श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद एनएफपिजेको विशेष पहलमा सङ्गठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ एनएफपिजेका सचिव प्रवीन कुलुङ राई र ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो ।

सो अवसरमा एनएफपिजका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाइ सुवाल, राजेन्द्र चित्रकारसहित वरिष्ठ फोटोपत्रकार एवं जिल्ला प्रतिनिधिहरूको उपस्थिति थियो । रासस

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ३५ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी