आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता « Khabarhub

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सिरहाको आयोजनामा सोमबारदेखि सुरु हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

एन्फा सिरहाका संयोजक सरोजकुमार आलेले प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नु रहेको बताए । 

उनले भने, ‘विद्यालयस्तरमै खेलाडीको क्षमता उजागर गर्ने लक्ष्यसहित जिल्लाका ६ विद्यालयमा ग्रासरुट प्रशिक्षण सञ्चालन गरिएको थियो । विभिन्न कारणले रोकिएको प्रतियोगिता आठ वर्षपछि पुनः सञ्चालन हुन लागेको हो ।’

प्रतियोगिताको मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुल रहेको छ । खेलहरू लहान नगरपालिका–१० स्थित खुला खेल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा जम्मा १० टोली सहभागी हुनेछन् भने कूल १५ खेल खेलाइनेछ, जसमध्ये पाँच खेल छात्रातर्फका रहने आयोजकले जनाएको छ ।

मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुलका प्रबन्धक आयुश हमाल ठकुरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उनले आठ वर्षपछि सञ्चालन हुन लागेको यस प्रतियोगिताले बालबालिकाको खेल प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

विद्यालय फुटबल सङ्घका पूर्वाञ्चल अध्यक्ष तथा राष्ट्रिय ह्यान्डबल सङ्घका पूर्वकेन्द्रीय सदस्य पाण्डव हमाल ठकुरीले प्रतियोगिताले जिल्लाको खेल विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खेल आयोजकका अनुसार, सोमबार लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन् भने पुस १२ गते युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले समापन गर्नेछन्  । प्रतियोगिताको विजेताले रु १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 
 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : १० बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर