पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह « Khabarhub

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा पर्यावरण संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस मकवानपुर र मनहरि कमिटीद्वारा आज मनहरीमा यहाँ आयोजित सङ्गठन शुद्धीकरण अभियान कार्यक्रममा उनले वनस्पति, जङ्गल, वन्यजन्तु र समग्रमा पर्यारणको सम्वर्द्धन गर्न विशेष गरी स्थानीय तहले ध्यान दिनुपर्ने बताए ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले दीर्घकालीन सुशासन र भ्रष्टाचारमुक्त समाजका लागि आवश्यक ऐन कानुन तर्जुमा तथा कार्यान्वयनमा जोड दिएको उल्लेख गरे ।

उनले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र निर्भिक भई मतदान केन्द्रमा पुग्नसक्ने वातावरण बनाउन सबैले लाग्नुपर्ने बताए ।

उनले भने, “विशेष गरी सङ्घीय सरकारले सबैलाई आश्वस्त पारेर चुनावको माहोल बनाउनुपर्छ । कांग्रेसका शीर्षक नेताहरूले पनि विघटित संसद् पुनःस्थापन गर्नेतर्फ होइन आमनिर्वाचनमा सहभागी हुने विचारमा एकजुट हुनुपर्ने आवश्यकता छ ।”

उक्त कार्यक्रममा कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री सन्तबहादुर प्रजा, मनहरि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, जिल्ला सभापति बुद्ध लामा, कांग्रेस मनहरि समितिका सभापति प्रकाश बर्तौलालगायतले पार्टीको नीति, सैद्धान्तिक पक्षलाई आत्मसात् गरेर प्रत्येक सङ्गठन बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले मनहरिस्थित मनकामना मन्दिर निर्माणका लागि व्यक्तिगत रु ७५ हजार मन्दिर व्यवस्थापकलाई हस्तान्तरण गरे ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ९ : १६ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल